१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूजिखोला पहिरोमा परी १ सय ५० परिवार विस्थापित, विस्थापितको विजोग


0
Shares

-डम्मर बुढा मगर/ईमेज
बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिकामा गएको पहिरोमा १ सय ५० परिवार विस्थापित भएका छन् ।

बिस्थापित केहीले आफन्तकोमा आश्रय लिई रहेका छन भने आफन्त नहुनेहरुको बिजोग भएको छ । घररवारबीहिन भएपछि गाँसबासको समस्यामा पिरोलिएका छन् पीडितहरु ।

ढोरपाटन नगरपालिका ९ मा पहाड खसेर भूजिखोला थुनियो । खोला थुनिएर बनेको ताल एकै चोटी फुटेपछि खोलाले अकल्पनीय क्षति पुर्‍यायो ।

बाढीले ढोरपाटनका १६ जनाको ज्यान नै गयो २२ जना अझै बेपत्ता छन् । पहिखोला छेउमा रहेका अधिकांश घर पूर्ण रुपमा भत्किएका छन् भने कतिपयको आधा भाग बगाएको छ ।

अहिले डेढ सय परिवारका नागरिकहरु मध्ये केहीले आफन्तको आश्रय लिएका छन् भने धेरैजसो बाढी पीडितहरु सडक र बारीका पाटामा पाल टाँगेर रात काटिरहेका छन् ।

प्रारम्भिक राहत स्वरुप दिएका केही खाद्य सामग्रीले गाँस टरेको छ ।

बाढीले एक छोरा सहित घर जग्गा सबै बगाइए दिएपछि आफ्नो बस्ने खाने ठाउँ कतै नभएपछि अहिले सडक कुनमा आश्रय लिएका लालबहादुर विकले दुखेसो गर्नुभएको छ ।

राति सुतेको बेला बाढी आउँदा ज्यान जोगाउन सकेपनि अन्य कुनै पनि सामान जोगाउन नसकेको नरबहादुर विकको भनाई छ ।

बाढीले ८० घर पूर्ण रुपमा क्षति पुराएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ । बाढीले सडक बगाउँदा पूर्ण रुपमा अवरुद्ध छ ।

सडक अवरुद्ध हुँदा राहत समेत बाढी ग्रस्त क्षत्रसम्म पुर्‍याउन सकिने अवस्था छैन ।

तत्काल सम्बन्धित निकायले सडक खुलाउन सकेन भने उक्त स्थानमा खाद्य संकट पर्ने संभावना बढी देखिन्छ ।