१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीपीएलको फाइनल खेलमा आज ट्रिनबागो र सेन्ट लुसिया आमने सामने हुँदै


0
Shares

काठमाडौं । क्यारेवियन प्रिमियर लिग (सीपीएल)को फाइनल आज हुँदै छ । फाइनलमा ट्रिनबागो नाइटराईडर्स तथा सेन्ट लुसिया आमने सामने हुँदैछन् ।

खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरु हुने छ । अपराजित रहेको नाइटराइडर्स चौथो उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

सेन्ट लुसिया भने पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ फाइनलमा उत्रने छ ।

नाइटराईडर्सले सेमिफाइनलमा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालवाजलाई ९ विकेटले पराजित गरेको थियो ।

उता अर्को खेलमा सेन्ट लुसियाले गुएना अमेजनलाई १० विकेटले पराजित गरेको थियो ।एजेन्सी