
-प्रकाश लम्साल/ ईमेज
बारा । बारामा दैनिक मजदुरी र ज्यालादारी गर्ने बिपन्नहरुको घरमा चूल्हो बल्न धो धौ पर्न थालेको छ ।
ज्याला मजदुरी बन्द भएपछि के खाउँ र के लाउँ भन्दै भौतारिंदै हिडेका उनीहरुका लागि सिमरा पथलैयाका युवाहरुले थोरै भएपनि अन्नको जोहो गरी दिएका छन् ।
‘हुनेले देउ, नहुनेले लैजाउ’ भन्ने नार लिएर यहाँका युवाहरु सामाजिक काममा सरीक हुन थालेका छन् ।
स्वेच्छिक दाताबाट प्राप्त अन्न अति बिपन्नको घरमा पुर्याउने अभियान लिएर हिडेका यहाँका युवाहरुले त्यस्तो खाद्यान्न उनीहरुको चुल्होसम्म पुर्याईदिने गरेकाछन् ।
जितपुर सिमराका एक र दुई वडामा मात्र सिमित यस्तो अभियान युवाहरुले बाराभरी संचालन गर्ने भएकाहुन् ।
खाद्य बैकमा खाद्यान्न जम्मा भएपछि उनीहरुले त्यसको मापदण्ड बनाएर अति बिपन्न बर्गको पुर्याई दिने गरेका हुन् ।
जुन टोलमा संकलन हुन्छ त्यहि टोलमा बितरण गरीएसंगै निर्बिवाद रुपमा दाताहरुको खाद्यान्न दिने गरेकाछन् ।
रोजगारी र ज्यालादारी गर्न नसक्ने, ऋण सापटी लिन नसक्ने परिवार , बृद्ध असक्त र सार्वजनीक स्थानमा मौसमी फलफुल बेच्ने परिबार राहत पाउने मापदण्डको पहिलो नम्बरमा परेको अभियान्ता सुशिल ढकालले बताउनुभयो ।
सकसमा रहेको करीब दुई सय घरलाई तत्काल चयन गरी एक पटकमा प्रती व्यक्ति १५ केजी चामल, दाल, नुन तेललगायतका खाद्यान्नसंगै सुरक्षा सामाग्री बितरण गरीएको छ ।
लकडाउनले पारेको प्रत्यक्ष असरमा सकस परीबारको तथ्यांकमा आधारीत गरीएपछि स्थानीयलेसमेत सहयोग गर्दे आएकाछन् ।
बिहान बेलुकीको छाक टार्न हम्मे हम्मे परेका स्थानीय राम बाजे खाद्यान्न पाएपछि निकै खुशी छन् ।
ब्यक्तिगत खर्चमा नै युवाहरुले खाद्यान्न घर घर पुर्याई दिन थालेपछि यहाँका बिपन्न बर्गको केहि आश पलाएको छ ।
प्रतिक्रिया दिनुहोस्