१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मन्त्रिपरिषद् बैठक स्थगित


0
Shares

काठमाडौं, भदौ २५ । मन्त्रिपरिषद्को बिहीबार बस्ने तयारी भएको बैठक स्थगित भएको छ ।

सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी कमिटी बैठकको तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त भएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने तयारी गरेको थियो ।

यस्तै, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने तथा अन्य महत्वपूर्ण नियुक्ति गर्ने तयारी भएको थियो ।

बैठक शुक्रबार साँझ बस्ने बुझिएको छ ।