७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


वाग्मती नदी किनारमा यस्तो पार्क (भिडियो)


0
Shares

नारायणी लामिछाने/कुमार थापा/प्रदीप तामाङ (इमेज)

काठमाडौं, असार ३२ । वाग्मती नदी सरसफाइ महाअभियान सुरु भएको २७० हप्ता पूरा भइसकेको छ ।

यस अवधिमा नदीपूर्णरुपमा सफा नभएपनि नदी किनारमा बनाइएका पार्कहरुले भने मूर्तरुप लिन थालेको छ ।

हरियाली वातावरणमा आनन्द लिने रहर कसलाई नहोला र ? तर, काठमाडौंमा सफा र हरियाली वातावरण फेलापार्न मुस्किल छ ।

धुलो र धुवाँले आक्रान्त उपत्यकामा शान्त र हरियाली क्षेत्रकारुपमा वाग्मती नदी किनारमा पार्कहरु आशाका किरण हुनसक्ने देखिएको छ ।

वाग्मती किनारका छेउछाउमा विकास गरिएका पार्कहरु उपत्यकाको हरियाली बढाउन महत्वपूर्ण हुने सम्भावना बढेको छ ।

ती पार्कहरुले हरियालीमात्रै बढाएका छैनन्, वाग्मतीको दुर्गन्ध रोक्न पनि सहयोगी बनेका छन् ।

मानिस नदी किनारमा रहेका पार्कहरुमा घुम्न जानसमेत थालिसकेका छन् ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले नदी किनारमा २४ ओटा पार्कको विकास गरिरहेको हो ।

आयोजनाका प्रमुख आशिष घिमिरे वाग्मतीको वातावरणीय तथा सांस्कृतिक पक्षलाई बचाउने उद्देश्यले वाग्मती सफाइ चलाउँदै आएको बताउँछन् ।

भिडियो हेर्नुहोस्