
काठमाडौं । प्रिमियर लिग क्लव चेल्सीका प्रशिक्षक फ्राङ्क लाम्पार्डले सोमबार हुने ब्राइटोनविरुद्धको खेलमा क्लवमा नयाँ अुनबन्ध गरेका खेलाडीलाई सहभागी नगराउने बताएका छन ।
उनले ब्राइटोनसँगको खेलमा हाकिम जियाच, थिएगो सिल्भा र बेन चिलवेललाई नखेलाउने बताएका हुन् ।
नयाँ सिजनका लागि मोटो रकम खर्च गरेका लाम्पार्डले हाकिम चोटका कारण पहिलो खेल गुमाउने, यस्तै चिलवेलपनि पूर्णरुपमा फिट नभइसकेको र सिल्भा टिममा अझै प्रशिक्षण नगरेकाले उनीहरुले पहिलो खेल नखेल्ने बताइएको छ ।
नयाँ सिजनमा साविक विजेता लिभरपुल र म्यानचेस्टर सिटीलाई टक्कर दिनका लागि मोटो रकम खर्च गरेको चेल्सीमाथि यो सिजनमा निकै ठूलो दबाव रहेको छ ।
चेल्सीबाट यो सिजनमा चेई हाभेर्टज र आफ्नै देशका टिमो वेरनेरसँग खेल्नेछ ।
हाभेर्टजलाई ८९ मिलियन पाउण्डमा ल्याएको हो भने वेरनेरलाई ५३ मिलियनमा भित्र्याएको हो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्