
नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालले ओपिडी (बहिरङ्ग) सेवा प्रतीक्षालयबाट दिन थालेको छ ।
जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पताल बाहिरको प्रतीक्षालयबाट सेवा शुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल गौतमले बताउनुभयो ।
बिहान १० बजेदेखि चार बजेसम्म अस्पताल बाहिरकै प्रतीक्षालयबाट सेवा दिइने उहाँले बताउनुभयो ।
जिल्ला अस्पतालमा आउने बिरामीले उपचार नपाएर फर्किन नपरोस् र कोभिड–१९ को जोखिम पनि कम होस् भनेर यसरी सेवा दिन थालिएको उहाँले बताउनुभयो ।
अस्पतालका कुनै पनि सेवा नरोकिएको डा गौतमको भनाइ थियो । बिरामीको चापको अवस्था हेरेर केही दिन बाहिरबाटै सेवा दिइने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्