
ललितपुर । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
उनमा कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य समस्याका बारेमा भने स्वास्थ्य कार्यालयले खुलाएको छैन ।
प्रतिक्रिया दिनुहोस्