१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तीन दिन वर्षाको सम्भावना


0
Shares

काठमाडौं, भदौ २६ । आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पौखरेलले बताउनुभयो ।

‘प्रदेश नम्बर-१ र २, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ’-मौसमविद् पोखरेलले भन्नुभयो ।

वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम २०.५ र अधिकतम् तापक्रम ३१.२ डिग्री सेल्सियस रहेको छ ।