१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलम्पिक कमिटीद्वारा ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा


0
Shares

काठमाडौं, भदौ २६ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गरेको छ ।

ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठसहित चार कर्मचारी कोरोनामुक्त भएको केही दिनपछि एनओसीले नेपालमा भएका ओलम्पियनसहित ८९ जनाको कोरोना बिमा गरेको हो ।

एनओसीका उपाध्यक्ष चतुरानन्द राज वैद्यले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, एनओसी पदाधिकारी, साधारणसभा सदस्य, एनओसी कमिसनका सदस्य र सबै कर्मचारीको बिमा गरिएको बताउनुभयो ।

नेपालमा हाल ४५ जना ओलम्पिकमा सहभागिता जनाएका खेलाडीहरु रहेका छन् ।

छुटेका बाँकीको बिमा पछि गरिने पनि वैद्यले जानकारी दिनुभयो ।

उहाँले कतिपयले आफैं व्यक्तिगतरुपमा बिमा गरिसकेकाले दोहोरो नहोस् भन्नका लागि दुई हप्ता समय लगाएर तथ्यांक निकालिएको पनि बताउनुभयो ।

बिमा नभएका कारण यसअघि चारजना संक्रमितको बिमा दाबी गर्न नसकिएको दुखेसोसमेत उपाध्यक्ष वैद्यले पोख्नुभयो ।

एनओसीले एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट जनही एक लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेको हो ।

हाल खेलकुदका गतिविधि भने ठप्प रहेका छन् ।