७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मानवअधिकार आयोगद्वारा कैलालीको थुनुवाकक्षको अनुगमन


0
Shares

कैलाली, भदौ २७ । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवाकक्षको शनिबार अनुगमन गरेको छ ।

चोरी आरोपमा यही भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विक शुक्रबार बिहान प्रहरी थुनुवाकक्षको शौचालयभित्रै झुन्डिएको अवस्थामा मृत फेलापरेका थिए ।

प्रहरीले विकले आत्महत्या गरेको बताएपनि मृतकका आफन्तले भने कुटपिट गरी हत्या भएको आरोप लगाएका छन् ।

आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक झंकर रावलले प्रहरी थुनुवाकक्षको अनुगमन गरी त्यहाँको वस्तुस्थिति र घटनाकाबारेमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपनशमशेर जबरासँग जानकारी लिएको बताउनुभयो ।

उहाँले घटनालाई गम्भीरताका साथ लिइ अनुसन्धानका लागि प्रहरीलाई ध्यानाकर्षण गराइएको बताउनुभयो ।