१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बंगलादेशले उपलब्ध गराएको औषधि स्वदेश ल्याइयो


0
Shares

coronavirus

काठमाडौं, भदौ २७ । बंगलादेशले कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ ।

नेपाली सेनाको स्काई ट्रकमार्फत् शनिबार साँझ पाँच हजारथान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

सहायक रथी आशिष नरसिंह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।