८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


शक्तिशाली ब्याट्री भएको रेडमी नाइन सी स्मार्टफोन नेपालीमा बजारमा


0
Shares

काठमाडौं । ट्रिपल रियर क्यामेरा राखिएको साओमीले रेडमी नाइन सी स्मार्टफोन नेपालीमा बजारमा ल्याएको छ ।

रेडमी नाइन सीमा २ जीबी र्‍याम र ३ जीबी र्‍याम तथा ३२ जीबी र ६४ जीबी स्टोरेजमा उपलब्ध रहेको छ ।

६.५३ इन्च डिस्प्ले भएको यो फोनमा १३ मेगापिक्सेल प्राइमरी क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा वाइस सेन्सर र २ मेगापिक्सेल डेप्थ सेन्सर सुविधा छ ।

५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको यसमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ ।

२ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको रेडमी नाइन सीको मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ ।

त्यस्तै ३ जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको रेडमी नाइन सीको मूल्य १४ हजार ९९९ रुपैयाँ रहेको छ ।