
काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा सिन्धुपाल्चोकको घुम्थाङमा गएको पहिरो अवलोकन गर्न त्यहाँ पुग्नुभएको छ ।
उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा त्यहाँ पुग्नुभएको हो ।
सभामुख सापकोटासँगै नेकपा केन्द्रीय सदस्य माधव प्रसाद सापकोटा पनि घटनास्थल पुग्नुभएको छ । यो क्षेत्र सभामुख सापकोटाले निर्वाचन जितेको क्षेत्र हो ।
बाह्रबिसे ७ घुम्थाङमा गएरातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा बस्ती नै पुरिदाँ ठूलो धनजनको क्षति भएको छ ।
अहिलेसम्म तीन जनाको शव भेटिएको छ भने दुई दर्जन बढी वेपत्ता भएका छन् । एक दर्जन बढी घरमा पुरिएकाहरुको स्थानीय र प्रहरी मिलेर खोजी कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्