
काठमाडौं । मुलुकका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरी र रुपन्देहीमा २/२ जना र चितवन र जनकपुरमा एक/एक जनाको मृत्यु भएको हो ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका २ जना पुरुषको मृत्यु भएको हो ।
मोरङको धनवाल गाउँपालिका का ४० वर्षका पुरुष र विराटनगर महानगरपालिका–१२ का ७० वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचार गराइरहेका कपिलवस्तु शिवराज नगरपालिका ५ का दुई जनाको मृत्यु भएको अस्पतालले जनाएका छन् ।
भीम अस्पतालमा उपचाररत शिवराज ५ का ५८ वर्षीय पुरुष हुन् भने बुटवलमा उपचार गराइरहेकी शिवराज ५ कै ४७ वर्षीया महिला हुन् ।
त्यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ कि ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।
उता महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ ।
भदौ २२ गते अस्पताल भर्ना भएका उनलाई २४ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्