
पाल्पा । खानेपानीका लागि वषौंदेखि झन्झट बेहोर्दै आएका पाल्पाको माथागढी गाउँपालिकाको चिदीपानी चदौली गाँउका एक सय घर परिवार मुक्त भएका छन् ।
एक गाग्री पानीका लागि एक बिहान भरको समय खर्चिनु पर्ने स्थानीयका लागि घर घरमा खानेपानीको व्यवस्था भएको हो ।
खानेपानीका लागि दिगो र भरपर्दो व्यवस्थापन हुन नसक्दा समयको नोक्सानीसँगै पाल्पाको माथागढी गाउँपालिकाका स्थानीय स्वच्छ खानेपानीको उपभोग गर्नबाट बञ्चित भएका थिए ।
घर नजिकै खोनपानीको व्यवस्था नहुँदा वर्षौंदेखि बिहानभर बिताएर एक गाग्री पानी ल्याउन बाध्य भएका स्थानीयलाई अब भने सहज भएको छ ।
एक किलोमिटर तलबाट लिफ्टिङ गरी एक घर एक धारा कार्यक्रमअन्र्तगत वितरित धाराबाट १ सय २० घर परिवार प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
कोरोना संक्रमणको त्रास फैलिएका बखत चदौलीका बासिन्दाले श्रमदान गरेपछि समयमै योजना सम्पन्न भएको हो ।
स्थानीय उपभोक्ताको प्रत्यक्ष निगरानीमा सम्पन्न भएको खानेपानी योजनाले घरायसी, वातावरणिीय र व्यक्तिगत सरसफाइका क्षेत्रमा समेत परिवर्तन भएको छ ।
बाह्रै महिना खानेपानीको दुःख झेलिरहेकाहरुको घर आंगनमै पानीको धारा आउँदा उनीहरुले सपनाजस्तै ठानेका छन् ।
सरकारको एक करोड रुपैयाँ लगानीमा सबैको घर घरमा धारा जडान भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक शोभाकर अधिकारी बताउनु हुन्छ ।
स्थानीयको श्रमदानले तत्काल एक सय घर परिवार प्रत्यक्ष रुपमा लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष निर्मल न्यौपाने बताउनुहुन्छ ।
झण्डै एक करोड खर्चिएको योजनाबाट सम्पन्न खानेपानी आयोजनाले स्थानीयलाई स्वच्छ खानेपानी मात्र दिएको छैन सरसफाइ र करेसामा तरकारी खेती गर्न पनि सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस्