१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


टिकटक किन्न माइक्रोसफ्ट असफल


0
Shares

काठमाडौं, भदौ २९ । चिनियाँ स्वामित्वको टिकटक एप्स अमेरिकामा सञ्चालन अधिकार खरिद गर्न माइक्रोसफ्ट असफल भएको छ ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकको खरिद गर्ने माइक्रोसफ्टको प्रस्ताव बाइटडान्सले अस्वीकार गरेको छ ।

माइक्रोसफ्ट टिकटक सञ्चालनको अधिकार खरिद गर्न असफल भएपछि यसको खरिदको होडमा ओरेकल अघि आएको छ । टिकटक किन्न ओरेकल अब लगभग एक्लो दाबेदार बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई अमेरिकामा बेच्न वा बन्द गर्न सेप्टेम्बर १५ सम्मको समयसीमा दिनुभएको थियो ।

ट्रम्प प्रशासनले टिकटकसहितका अरु चिनियाँ एप्सहरु अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण रहेको बताउँदै आएको छ ।