२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बैतडी कोरोना संक्रमित शुन्य जिल्ला


0
Shares

बैतडी । बैतडी हाललाई सक्रिय संक्रमित शुन्य जिल्ला भएको छ ।

बैतडीका विभिन्न स्थानीय तहका ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको र सबै डिस्चार्ज भइसकेकाले हालका लागि सक्रिय संक्रमितशुन्य जिल्ला भएको छ ।

पाटन नगरपालिकाका एक जना संक्रमित पनि सोमबार डिस्चार्ज भएसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भएको हो ।

गत जेठ ९ गते पहिलो पटक जिल्लामा एकजना थुनुवामा कोरोना पुष्टि भएको थियो ।

३ सय ७५ जना नेपाल सरकारको मापदण्ड अनुसार संक्रमणपछि क्वारेन्टाइन बसेका, केहीको दोश्रो र केहीको तेश्रो पटक कोरोना परीक्षण गरेर घर पठाइएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

जिल्लामा अहिलेसम्म ४ हजार १ सय २९ जनाको स्वाब संकलन गरिएकोमा अब ३२ जनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको र स्वाब संकलन कार्य जारी रहेको बताइएको छ ।