१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तमोर लिफ्ट खानेपानीको महसुल घट्यो


0
Shares

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा तमोर लिफ्ट खानेपानीको महसुल घटेको छ ।

सुख्खाक्षेत्रका उपभोक्ताहरु मारमा परेको भन्दै न्युनतम महसुल घटाइएको हो ।

यसअघि न्युनतम महसुल ५ सय रुपैयाँ तोकिएको थियो । तर त्यसलाई घटाएर न्युनतम महसुल २ सय ५० रुपैयाँ पु¥याइएको छ ।

तमोर लिफ्ट खानेपानी उपभोक्ता समितिको बैठक बसेर महसुल घटाइएको समितिका महासचिव अमरसिंह थापाले जानकारी दिनुभयो ।

सुख्खाक्षेत्रका आर्थिक रुपमा विपन्न र एकल परिवारका लागि यो निणर्यले राह्रत पुग्ने समितिले जनाएको छ ।