१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त


0
Shares

काठमाडौं, भदौ ३० । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा. खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिनुभयो ।

यसअघि, डा. खतिवडा सञ्चार तथा सूचना प्रविधिमन्त्री पनि रहनुभएको थियो ।

संवैधानिक व्यवस्थानुसार उहाँको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो ।