१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस महामन्त्री डा. कोइराला अस्पताल भर्ना, कोरोनासँगै निमोनिया भएको आशंका


0
Shares

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ ।

कोरोना संक्रमण भएपछि केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना हुुनभएको हो ।

सोमबार साँझ ६ बजेदेखि कोइरालालाई उच्च ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिएको उहाँका स्वकिय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।

ज्वरो कम भएपनि चिकित्सकहरुले उहाँमाथि निमोनिया भएको आशंका गरेका छन् ।

कोइरालाको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ ।

महामन्त्री कोइरालाको स्वास्थ्यमा क्रमश सुधार भइरहेको अस्पतालले जनाएको छ ।