१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालीहरु भारतीय बजारमा बिनारोकतोक आवतजावत, महामारीको छैन मतलब


0
Shares

नवलपुर, भदौ ३१ । पश्चिम नवलपरासीको सीमानाकाबाट निर्वाधरुपमा सर्वसाधारणहरु भारतीय बजारमा आउजाउ गर्नेक्रम बढेको छ ।

केही दिनअघि वैकल्पिक बाटो हुँदै लुकीछिपी जाँदै गरेका सर्वसाधारणहरु अहिले भने प्रमुख नाकाबाटै आवतजावत गर्ने गरेका छन् ।

सीमावर्तीका स्थानीयमात्र नभइ जिल्लाका विभिन्न ठाउँबाटसमेत मोटरसाइकल र साइकल लिएर किनमेलका लागि भारतीय बजारमा जानेहरु लर्को नै लाग्ने गरेको छ ।

त्यसरी जाने सर्वसाधारणलाई नाकामा रहेका सुरक्षाकर्मीहरुलेसमेत बिनारोकतोक जान दिने गरेका छन् ।

जिल्लाको प्रमुख नाका महेशपुर, भूजहवा, विस्नुपुरालगातका नाकामा सर्वसाधारणको आवतजावत बढेको छ ।

सामान सस्तोमा पाइने भएकाले भारतीय बजारमा जाने गरेको स्थानीयको भनाइ छ ।

जिल्लामा कोरोना संंक्रमितको संख्या बढ्दो छ । संक्रमणका कारण अहिलेसम्म चारजनाको मृत्यु भइसकेको छ ।

सीमावर्ती भारतीय बजारमा समेत हरेक दिन संक्रमणको दर उच्च बन्दै गएको छ । सीमा क्षेत्रका भारतीय बजारमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी-साधनसमेत पूर्णरुपमा खुला गरिएको छ ।

त्यसले गर्दापनि सर्वसाधारणहरु दैनिक किनमेलदेखि गोरखपुर, नौतनवा, निचलौललगायतका बजारमा स्वास्थ्य उपचारका लागि पुग्ने गरेका छन् ।

सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेपनि आवतजावतलाई नियन्त्रण गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो ।

यसका लागि सर्वसाधारणदेखि स्थानीय तहसमेत सचेत हुनुपर्ने पाठकको भनाइ छ ।

सीमा क्षेत्रको आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ । तर, सीमावर्ती नाकाको निर्वाधरुपमा आवतजावतलाई छुट दिएपछि जिल्लामा कोरोना संक्रमणको जोखिमलाई उत्तिकै बढाएको छ ।

भिडियो हेर्नुहोस्