१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युगाण्डामा कारागारबाट दुई सय बढी कैदी फरार


0
Shares

काठमाडौं । अफ्रिकी मुलुक युगाण्डाको कारागारका २ सय भन्दा बढी कैदी फरार भएका छन् ।

युगाण्डाको उत्तर पूर्वी क्षेत्रको कारागारबाट पहाडी क्षेत्रमा रहेको अर्को कारागारमा स्थानान्तरण गर्ने क्रममा उनीहरु फरार भएका हुन् ।

सुरक्षामा खटिएका एक सैनिकको हत्या गरी उनीहरु भाग्न सफल भएका हुन् ।

भाग्ने क्रममा उनीहरुले सुरक्षाकर्मीहरुको साथबाट १५ वटा बन्दुक र गोली समेत लुटेर लगेको समाचारमा जनाइएको छ ।

कैदीहरुले पक्राउ पर्ने डरले पोशाक नै फालेर नग्न अवस्थामा फरार भएको बर्ताएको छ ।(एजेन्सी)