२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चितवनमा एक हप्ता निषेधाज्ञा थप


0
Shares

चितवन । चितवनमा कोरोनाको संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले असोज ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

तर यस पटक निषेधाज्ञा थप भएपनि पसल र यातायात सञ्चालन हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार तरकारी, फलफूल र खाद्यान्न पसल विहान ६ बजेदेखि बेलुकी ५ बजेसम्म र अन्य पसलहरु विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न छुट दिएको छ भने निजी सवारीहरुलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिइएको छ ।

तर हाटबजार, रिक्सा, ठेलालगायतका घुम्ती पसलहरुमा पानी पुरी, चटपटलगायतका फास्टफुडको व्यापार गर्न निषेध गरिएको छ ।