
बुटवल । सरकारले आजदेखि देशभर सार्वजनिक यातायात सञ्चालन गर्ने भने पनि रुपन्देहीमा भने नचल्ने भएका छन् ।
रुपन्देहीमा जारी लकडाउन असोज ४ गतेसम्म रहेकाले आजैबाट सवारी नचल्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।
यातायात व्यवस्था विभागले सार्वजनिक सवारी चलाउन आवश्यक मापदण्ड र कार्यविधि बनाउँदै गरेको र त्यसको आधारमा मात्रै जिल्लामा सार्वजनिक सवारी चल्ने उहाँले बताउनुभयो ।
यता पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले पनि रुपन्देहीको लकडाउन जारी रहेकोले प्रमुख जिल्ला अधिकारीसँग छलफल गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्