१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोसी अस्पतालमा उपचाररत पुरुषको मृत्युपछि कोरोना पुष्टि


0
Shares

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको आइसोलेशनमा उपचाररत कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।

आइसोलेशनका संयोजक चिकित्सक लक्ष्मीनारायण यादवका अनुसार विराटनगर–६ का ६६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

संयोजक डा. यादवका अनुसार बिरामीमा उच्चरक्तचाप र मधुमेहको समस्या थियो ।

उनलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि हिजो कोसी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।

उनको मध्य रातमै निधन भएपनि, पीसीआर रिपोर्ट आज बिहान आएको हो ।

यससँगै कोरोना संक्रमणबाट विराटनगरमा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रदेश १ मा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जसमा १३ महिला र ३८ जना पुरुष रहेका छन् ।