१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कुलमान घिसिङ पुनःनियुक्तिको माग स्वभाविक: प्रदिप पौडेल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ पुनर्नियुक्तिको माग स्वभाविक भएको बताउनुभएको छ ।

विहीबार एक ट्विटमार्फत नेता पौडेलले भन्नुभएको छ –हामीले कुलमानको कामलाई सम्मान गर्छौ उदारणीय कार्य गर्ने जो कोहीलाई जनताले पुनः नियुक्ति माग गर्नु स्वभाविक छ।

यति काम गर्दा पनि सरकार उनलाई प्रतिस्पर्धाको परीक्षा लिन आग्रह गर्दैछ। सरकार ! वामदेव कुन नतिजा लिएर विराजमान भए ? उनले जस्तै विश्वास दिलाउन कुलमानले कस्तो परिक्षा दिनुपर्ने ?’

यही भदौ २९ गते चारवर्षे कार्यकाल पूरा गरी कुलमान मंगलबार बिदाइ हुनुभएको हो ।

उहाँलाई पुनःनियुक्तिका लागि चौतर्फी दबाब बढेको छ । कुलमान समर्थक युवाहरुले दिनहुँ सडक प्रदर्शन गरिरहेका छन् ।

हाल प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ ।