
ग्रान्डी अस्पतालमा भर्ना गर्दै-गर्दाको दृष्य । फाइल तस्वीर ।
काठमाडौं, असोज १ । सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको बिहीबार शल्यक्रिया भएको छ ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले ललितको मुख्य चोटको सफल शल्यक्रिया भएको बताएको हो ।
कञ्चनपुरमा दुर्घटना भएपछि थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पतालमा गएको सोमबारदेखि ‘आइसीयू’मा उपचाररत् ललितको डा. चक्रराज पाण्डेको टिमले शल्यक्रिया गरेको सिप्यानले बताएको छ ।
सिप्यानले ललितको अवस्था स्थीर रहेको चिकित्सकलाई उद्धृत गर्दै जनाएको छ ।
गएको आइतबार बेलुकी धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ललित सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्