
काठमाडौं । भारतका केन्द्रीय मन्त्री हरसिमरत कौर बादलले राजीनामा दिएकी छिन् ।
भारत सरकारले बिहीबार कृषि सम्बन्धि अध्यादेश ल्याएपछि केन्द्रीय मन्त्री एवं शिरोमणि अकाली दलकी सांसद बादलले मोदी सरकारको क्याबिनेटबाट राजीनामा दिएकी हुन् ।
बीजेपीकी सहयोगी समेत रहेकी अकालीले दलकी सांसदले अध्यादेशको विरोधमा राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
योसँगै मोदी क्याबिनेटमा झट्का लागेको जनाइएको छ । बिहीबार लोकसभामा बिल पेश भएसंगै शिरोमणि दलका सांसद सुखबीर सिंह बादले सदनमै विरोध जनाएका थिए ।
मोदी सरकारलाइ चुनौती दिँदै हरसिमरत कौरले मन्त्रीपदबाट राजीनामा दिनुहुने बताएका थिए । अध्यादेशले भारतका २० लाख किसानलाइ प्रत्यक्ष असर पर्ने उनको दाबी छ ।
तर अकाली दलले मोदी सरकारको समर्थन भने जारी नै राखेको पनि जनाइएको छ ।
हरसिमरत कौरले किसान विरोधी अध्यादेश तथा कानुनको विरोधमा केन्द्रीय मन्त्रीमण्डलबाट राजनीनामा दिएको बताएकी छिन् ।
कौरले ट्वीट गर्दै किसानको छोरी र बहिनीका पक्षमा उभिंदा गर्व लागेको उल्लेख गरेकी छिन् । बीबीसी
प्रतिक्रिया दिनुहोस्