१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाराजगंज सब–स्टेशनबाट विद्युत सेवा सुरु


0
Shares

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज सब–स्टेशनबाट विद्युत सेवा सुचारु गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्र्तरगत महाराजगंजमा सब स्टेशन निर्माण गरिएको हो ।

जिल्लाको बुटहनिया, मर्यादपुर, तौलिहवा, हरदौना क्षेत्रको करिब एक हजार घरधुरीले सब स्टेशनबाट विद्युत सेवा पाउने प्राधिकरण बुटवल डिभिजन कार्यालयका प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कुल ३ अर्बको लागानीमा निर्माण सम्पन्न भएको आयोजनाले जिल्लामा विद्युत सेवा प्रवाहमा सजिलो हुने बताईएको छ ।