
इलाम । इलामका युवाहरुले निर्माण गरेको मानव निर्मित यन्त्र (रोबोट) को प्रदर्शन गरिएको छ ।
कोरोना बिशेष अस्पताल र आइसुलेसनमा प्रयोग गर्नकै लागि ५ जना युवाहरुले रोबोटको निर्माण गरेका हुन् ।
कोरोनाका कारण बिरामीलाई औषधि दिन डाक्टर तथा नर्सहरु डराईरहेको अवस्थामा रोवोटले नै औषधि पुर्याउन सहयोग गर्ने आविश्कारक नबिन फुयालले जानकारी दिनुभयो ।
रिमोर्ट कन्ट्रोलको माध्यमबाट कुन बेडमा कुन औषधि लैजानु पर्ने, कति पटक औषधि सेवन गरेको भन्ने लगायतको जानकारी सोहि रोबोट मार्फत प्राप्त हुने उहाँले बताउनुभयो ।
सिसि क्यामेरा प्रयोग गरिएकाले पनि रोबोटबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ । इलामका नबिन फुयाल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाइँ र अभिनेश सुवेदीले यस रोबोटको निर्माण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्