२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओलीमा सर्वज्ञान हावी भयो : बाबुराम


0
Shares

काठमाडौं, असोज २ । जनता समाजावादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र अज्ञानताका कारण कोरोना संकटले जटिल रुप लिएको बताउनुभएको छ ।

बन्दाबन्दीलाई अन्तिम विकल्प सम्झेर प्रधानमन्त्री ओलीले आफूलाई सर्वज्ञानी ठान्दा कोरोनाले आर्थिक तथा सामाजिक संरचनामा गम्भीर असर पारेको उहाँले आरोप लगाउनुभयो ।

नेता डा. भट्टराईले अर्थतन्त्र २.२८ प्रतिशतमा खुम्चिनु, बेरोजगारी दर बढ्नु र साना तथा ठूला उद्योगहरुमा ६० प्रतिशत गतिविधि घट्दा आगामी दिनहरु थप चुनौतीपूर्ण हुने दाबी गर्नुभयो ।

डा. भट्टराइले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताविरोधीहरुको हातमा नेतृत्व गएसँगै संविधान कार्यन्वयनमा चुनौती थपिएको दाबी गर्नुभयो ।

माओवादी जनयुद्ध र शान्ति-प्रक्रियाको विपक्षमा उभिनुभएका ओली क्षणिक राष्ट्रवादको नारा लगाएर सत्तामा पुगेको उहाँको आरोप छ ।

निरन्तर आलोचित भइरहेको कम्युनिष्ट नेतृत्वको सरकारको विकल्प खोजिन थालेको डा. भट्टराईले दाबी गर्नुभयो ।