
चितवन, असोज २ । जिल्ला प्रहरी कार्यालय चितवनले गाँजा कारोबारमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
राप्ती नगरपालिका-११, आँपपानी बस्ने २५ वर्षीय दोर्जे तामाङ र सोही ठाउँका २४ वर्षीय पदमबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
राप्ती नगरपालिका-८, दवाडीचोकनजिक पम्फाखोला किनारमा बोरामा ‘प्याक’ गरी राखिएको गाँजासहित मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।
घटनामा संलग्न मुख्य व्यक्ति अझै फरार रहेको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्