१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संविधानको प्रभावकारी कार्यान्वयनमा एकताबद्ध हुनुपर्छ


0
Shares

prachanda madhab kp oli surya thapa NCP

काठमाडौं । संविधान दिवसका अबसरमा विभिन्न दलका शिर्ष नेताहरुले शुभकामना संन्देश दिंदै संविधानको प्रभावकारी कार्यान्वयनमा एकताबद्ध हुन जोड दिनुभएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त संविधान जारी भएको यस दिनले सामाजिक न्याय सहितको नयाँ समाज निर्माणमा हामी सबैमा थप उत्प्रेरणा मिलोस् भनी शुभकामना दिनुभएको छ ।

नेकपा बरिष्ठ नेता माधब कुमार नेपालले जनताको अथक प्रयासबाट जनताले पाउनुपर्ने सबै हक प्रदान गरेको यस संविधान कार्यान्वयनमा राज्यका सबै निकाय, दल, नागरिक समाजलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको छ ।