
काठमाडौं । आज(शनिबार) कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
आज मात्रै बुटवल र पाल्पाका एक एक जनाको कोरोनाबाट ज्यान गएको पुुष्टि भएको हो ।
बुटवलको कोरोना विशेष अस्पतालमा उपचार क्रममा बुटवल उपमहानगरपालिका १० का ६९ बर्षीय पुरुष र पाल्पा तानसेन नगरपालिका–१४, कुसेनीकी ४१ वर्षीया महिलाको मृत्यु भएको हो ।
भदौ २२ गते अस्पताल भर्ना भएका पुरुषको उपचारको क्रममा आज मृत्यु भएको हो । उनलाई कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ ।
त्यस्तै निमोनियाले बिरामी परेकी तानसेनकी महिलाको लुम्बिनी मेडीकल कलेजको आईसियुमा राखेर उपचार गर्दागर्दै हिजो मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो संगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ९२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्