
काठमाडौं, असोज ३ । जुम्लामा १९औंपटक सत्याग्रह बस्नुभएका डा. गोविन्द केसीका माग पूरा गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘एमबीबीएस’ कार्यक्रम सञ्चालन हुनुपर्नेलगायतका माग राखेर सत्याग्रहमा बस्नुभएको छ ।
‘डा. केसीका माग पूरा गर’, ‘डा. केसीको जीवनरक्षा गर’लगायतका नारा लेखिएको प्लेकार्डसहित युवाहरूले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
डा. केसी कोरोनाभाइरसको ‘पीसीआर’ परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चितता हुनुपर्नेलगायतका माग राखेर भदौ २९ गतेदेखि जुम्लामा अनशनरत् हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्