
काठमाडौं, असोज ३ । सिजनमा हारालुछ बिक्री हुने इलामको स्थानीय जातको काली काँक्रोले यो वर्ष बजार पाएको छैन ।
कोरोना नियन्त्रणका लागि जारी ‘लकडाउन’ र निषेधाज्ञाका कारण मूल्य घटेपछि किसानले बीउ उत्पादनका लागि काँक्रो बोटमै पकाएका छन् ।
लामो समय भएको लकडाउनका कारण निकासीमा समस्या भएकोले काँक्रो बिक्री नभएको किसानहरुको भनाइ छ ।
मेहनत गरेर फलाएको काँक्रोले बजार नपाएपनि यसको महत्व भने घटेको छैन । काँक्रो बोटमै पकाएर स्थानीयरुपमै प्रयोग गर्ने गरिन्छ ।
दसैंको बेला खल्पीको अचार खाने चलन पनि रहेको छ । पाकेको काँक्रोको मूल्यसमेत बढी भएकाले यसलाई बोटमै पकाउने गरिन्छ ।
कृषि ज्ञान केन्द्र इलामले स्थानीय जातको काँक्रोको बीउ उत्पादन गरी बिक्री गर्न सकिने र बढी फाइदा लिन सकिने जनाएको छ ।
अर्गानिकरुपमा काँक्रो उत्पादनक लागि प्रांगारिक मल बनाउन केन्द्रले सहयोग गरेको छ ।
इलामका कन्याम, फिक्कल, गोदक, बरबोटे क्षेत्रमा काँक्रो उत्पादन बढी हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्