८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रश्नोत्तर अभ्यास जति धेरै गरायो त्यति नै शैक्षिक क्षमतामा बृद्धि


0
Shares

काठमाडौं । बालबालिकाहरुमा प्रश्नोत्तरको अभ्यास जति धेरै गरायो त्यति धेरै शैक्षिक क्षमतामा बृद्धि हुने एक अध्ययनले देखाएको छ ।

पढाईका अतिरिक्त अन्य समयमा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीहरुको शैक्षिक क्षमतामा नाटकीय र आश्चर्यजनक तरिकाले बृद्धि भएको अध्ययनकर्ताहरुको निश्कर्ष छ ।

प्रश्नोत्तर अभ्यास धेरै गर्ने र नगर्ने विद्यार्थीका बीचमा तुलना गर्दा धेरै गर्नेहरुको शैक्षिक प्रस्तुति राम्रो भएको पाइएको हो ।

प्रश्नोत्तर अभ्यास गर्ने गरेका विद्यार्थीहरुले चाँडो चाँडो प्रतिक्रिया दिने, सक्रिय देखिने र प्रस्तुति पनि राम्रो हुने गरेको अध्ययनकर्ताहरुले बताएका छन् ।

इओवा स्टेट युनिभर्सिटिको मनोविज्ञान विभागका बरिष्ठ सदस्य मार्कस क्रेडीले पनि अध्ययनले रोचक अवस्था देखाएको बताउनुभयो ।

कक्षा कोठामा जोड दिनेभन्दा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीहरुको प्रस्तुित प्रभावकारी भएको जानकारी दिनुभयो ।

उनीहरुले झण्डै एक हजार विद्यार्थीमा प्रश्नोतर अभ्यास र उनीहरुको शैक्षिक क्षमताबीचको सम्वन्धका बारेमा अध्ययन गरिएको पनि जानकारी दिएका छन् ।

अध्ययनकर्ताहरुले हरेक विद्यार्थी तथा बालबालिकाहरुलाई प्रश्नोत्तर अभ्यास धेरै गराउन पनि सुझाव दिएका छन् । रासस/एएनआई