
काठमाडौं । कोरोना संक्रमितको संख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने भएको छ ।
सेल्फ आइसोलेशनको आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती सरकारले १० हजार पाउन्डसम्म जरिवाना तोक्ने भएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले नयाँ व्यवस्था घोषणा गर्दै स्वास्थ्य मापदण्ड पालना नै रोगबाट बच्न अचुक उपाय भएको बताउनुभएको छ ।
सेप्टेम्बर २८ तारिख यता कोरोना संक्रमित व्यक्ति र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु सेल्फ आइसोलेशनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।
सरकारले कम आय श्रोत भएकालाई ५ सय पाउन्डको आर्थिक सहयोग दिने पनि जनाइएको छ ।
हिजो मात्र बेलायतमा साढें ४ हजार बढी नयाँ संक्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो ।
नयाँ कानुन अनुसार सेल्फ आइसोलेशनमा बस्न अस्विकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ ।
पटक पटक यो नियम उल्लंघन गर्नेका लागि यो जरिवाना १० हजार पाउन्ड सम्म पुर्याइएको हो ।
सेल्फ आइसोलेसन बस्नुपर्नेलाई काममा लगाउने रोजगारदातालाई समेत कारबाही गरिने भएको छ ।
यसअघि सेल्फ आइसोलेशनलाई एक निर्देशनका रुपमा मात्रै लागू गरिएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्