
काठमाडौं । विभिन्न सञ्चारमाध्यममा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारप्रति नेपाल विज्ञापन संघ (आन)को गम्भीर ध्यानाकर्षण भएको छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले क्लिन फिडका विषयमा पछिल्ला समयमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
`नेपाल सरकारको निर्णय सहित संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित विधेयकमा स्पष्टरुपमा क्लिन फिडका विषयमा उल्लेख भएका विषय भन्दा फरक धारणा सार्वजनिक हुनु आफैंमा विरोधाभाष छ`, विज्ञप्तिमा उल्लेख छ ।
सञ्चार माध्यममा गलत किसिममा आएका टिप्पणी र समाचारहरु बदनियतपूर्ण रहेको पनि संघको ठहर छ । संघले क्लिन फिडका विषयमा आएका गलत टिप्पणी तथा समाचारप्रति विश्वास नगर्न पनि सबैलाइै अनुरोध गरेको छ ।
विधेयक मार्फत कानुनी रुपमा अगाडि बढी सकेको क्लिन फिड विधेयक तोकिएकै मिति २०७७ कार्तिक ८ देखि लागू गर्न सम्बन्धित मन्त्रालय तथा नेपाल सरकारसँग संघले जोडदार माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्