
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का पाँच पसल बढी मूल्यमा प्याज बेचेको अभियोगमा कारवाहीमा परेका छन् ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीले आफूखुशी मूल्य बढाएर प्याज बिक्री गर्न थालेपछि जिल्ला बजार अनुगमन समितिले अनुगमन गरी कारवाही गरेको होे ।
प्याजको कालोबजारी गरेका अभियोगमा हिजोमात्र सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–२ का चार र रामग्राम–७ का एक आलु प्याज गोदाम पसललाई गरी २ लाख ६० हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिनुभयो ।
बजारमा पछिल्लो समय प्याजको मूल्यमा भारी वृद्धि गरी उपभोक्ता ठगी गरेको गुनासो आएपछि सहायक प्रजिअ माझीका नेतृत्वमा बजार अनुगमन गरेको थियो ।
सहायक प्रजिअ माझीका अनुसार केही दिनअघिसम्म प्याज प्रतिकेजी रु ५० मा बिक्री हुने गरेकामा रु १३० प्रति केजीसम्म पुगेको थियो ।
अहिले भने प्रति केजी १०० सम्म बिक्री हुने गरेको पाइएको छ । प्रतिकेजी रु ४० मा खरीद गरी रु १०० सम्म विक्री गर्ने गरेको व्यवसायी स्वयंले नै स्वीकार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्