१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यात्रु-पायलट दुवै खुसी


13
Shares

चितवन, असोज ५ । छ महिनादेखि बन्द आन्तरिक उडान सोमबारदेखि खुला भएको छ ।

उडान खुला हुँदा यात्रुमात्र हैन, लामो समयपछि उडान भर्न पाएकोमा पाइलटहरुसमेत खुसी देखिन्छन् ।

आजदेखि आन्तरिक हवाई उडान खुला भएसँगै पाइलट, यात्रु दुवै खुसी देखिएका छन् । छ महिनादेखि बन्द भएको उडान आजदेखि नियमित भएसँगै यात्रा गर्न बिहानै यात्रुहरु विमानस्थल पुगेका थिए ।

जहाजभित्र कोभिड-१९ को संक्रमण हुन नदिन सुरक्षा सबै उपाय प्रयोग गरिएको यती एअरलाइन्सका क्याप्टेन सविनबहादुर मल्ले बताउनुभयो ।

काठमाडौंका लागि यात्रा गर्न तयार भरतपुरका प्रकाश सापकोटा पनि हवाईयात्राका लागि अपनाइएको स्वास्थ्य मापदण्ड पर्याप्त रहेको बताउनुहुन्छ ।

भरतपुर विमानस्थल प्रमुख योगेन्द्र कुँवरकाअनुसार आजदेखि बुुद्ध एअरका दुईओटा र यती एअरका दुईओटा गरी चारओटा उडान हुनेछन् ।

स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरै यात्रु ल्याउने लैजाने गरिएको उहाँको भनाइ छ ।

काठमाडौंबाट आएको पहिलो उडानमा आधा यात्रु आएपनि भरतपुरबाट काठमाडौं जाने उडानमा भने यात्रु भरिएका थिए ।

भाडा पनि सामान्य अवस्थामा जस्तै लिने गरिएको र सार्वजनिक बसमा जस्तो आधा यात्रु बोक्ने र भाडा बढी लिने भन्ने निर्णय नभएको उहाँले बताउनुभयो ।

भिडियो हेर्नुहोस्