
काठमाडौं, असोज ६ । आउँदो केही दिन देशभर वर्षाको सम्भावना रहेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उत्तरपूर्व बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभावले अबको चार-पाँच दिन देशका केही स्थानमा भारी वर्षासमेत हुने पूर्वानुमान गरिएको छ । कतिपय ठाउँमा हावाहुरी र चट्याङसमेत पर्ने जनाइएको छ ।
वर्षात्सँगै ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने हुन्छ । पहाडी भू-भागमा पहिरो जानसक्ने, तराईमा बाढी, डुबान र कटान हुनसक्ने भएकाले उच्च सतर्क अवस्थामा रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।
मंगलबार (आज) रातिबाट देशका सबै नदीमा बहाव बढ्ने र यही असोज १० गतेसम्म देशैभरका नदीमा बहाव उच्च हुने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा गर्नुपरेमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिन तल पढ्नोस् ।
मौसम विश्लेषण (Meteorological Analysis):-
हाल उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्दैछ।
हालको मौसमको अवस्था (Present Weather Status):
हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश मा पूर्ण बदली र देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहेको छ।अहिले प्रदेश २ बाहेक अन्य प्रदेशहरूका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असोज ६ गते (मंगलबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
असोज ७ गते (बुधबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज ८ गते (बिहिबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना समेत रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
दिउँसो प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको र राती गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिन तल पढ्नोस् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको ‘प्रेस नोट’ तल पढ्नोस् ।

प्रतिक्रिया दिनुहोस्