१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गम्भीर समीक्षा गर्नुपर्ने बेला आयो : सभामुख


0
Shares

काठमाडौं, असोज ६ । संघीय संसद, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको अभ्यास ठिक तरिकाले भए/नभएको सम्बन्धमा गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

मंगलबार प्रेस काउन्सिलले आफ्नो ५१औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रको अभ्यास ठिक तरिकाले भए/नभएको सम्बन्धमा समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको हो ।

पछिल्लो समय विकास भएका प्रविधिको सकारात्मक पक्ष र नकारात्मक पक्षले गर्दा लोकतन्त्रको कर्यान्वयनमा चुनौती बढेको पनि सभामुख सापकोटाले बताउनुभयो ।

त्यसैले लोकतन्त्रलाई संस्थागत गर्ने सम्बन्धमा राज्यका निकायहरु र नागरिककोसमेत भूमिका बढेको उहाँले बताउनुभयो ।

जनतालाई केन्द्रमा राखेर लोकतन्त्रको अभ्यास गर्नुको विकल्प नरहेको पनि सभामुख सापकोटाले स्पस्ट पार्नुभयो । त्यसका लागि संघीय संसदलाई जीवन्त बनाइराख्न आफूले जोड दिइरहेको उहाँले बताउनुभयो ।

प्रेस काउन्सिलले पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्‍याएका २७ जना पत्रकारहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरेको छ