
काठमाडौं । हुनत इस्लाम धर्मावलम्बीहरुलाई मुस्लिम भनेर चिनिन्छ । इस्लाम अरविक शब्द भएको भएपनि यसको अर्थ शान्ति र सुरक्षा भनेर बुझिन्छ ।
मुस्लिमहरुले नामको पछाडी भगवानको नाम जोड्ने अर्थात् लामो नाम राख्ने चलन छ । किनकी नामहरु अल्लाहसँग सम्बन्धित छन् ।
अल्लाह अब्दुल्लाहलाई भगवानको सेवक मानिने भएकाले सोही अनुरुप नामाकरण गरिन्छ ।
बदलिँदो समयसँगै यस समुदायमा नाम राख्ने प्रचलन परिवर्तन भएपनि यसको आफ्नै सांकेतिक पहिचान छ ।
इजिप्ट, जोर्डन र साउदी अरेबियालगायत देशका शुन्नि मुस्लिम समुदायमा नामको पछाडि अब्दुल–मिस्साह जोडिएको हुन्छ ।
जसले सर्भेन्ट अफ क्रिस्ट अर्थात् भगवान् जिसस् क्राइस्टको सेवक भन्ने जनाउँछ । धेरैजसोको नामले सियाको पहिचान दर्साउँछ ।
धार्मिक ग्रन्थ कुराण अनुसार अल्लाहका ९९ प्रकारका नाम हुन्छन् । जसले भिन्दाभिन्दै सांकेतिक अर्थ दिन्छ ।
यसैअनुसार व्यक्तिको नामाकरण गरिएको हुन्छ । नेपालमा यो चलन कायमै छ ।
यसरी नामाकरण गर्नाले जीवनमा प्रभावकारी अर्थ दिनुका साथै भगवानसँगको सम्बन्ध राम्रो हुने र उनले आफूमा दया गर्ने विश्वास छ ।
यही विश्वासले मुस्लिम सम्प्रदायका सेलिब्रेटीहरुले पनि सांकेतिक रुपमा आफ्नो नाम राखेका हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्