१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सञ्चार उद्यमीहरुको नयाँ संगठन ‘मिडिया अलायन्स नेपाल’ गठन, अध्यक्षमा भाष्करराज राजकर्णिकार


0
Shares

काठमाडौं । सञ्चार उद्यमीको हकहितको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चार उद्यमीहरुको नयाँ संगठन “मिडिया अलायन्स नेपाल” गठन भएको छ ।

काठमाण्डौंमा आज एक कार्यक्रम गरी सञ्चार उद्यमी भाष्करराज राजकर्णिकारको अध्यक्षतामा संस्था गठनकोे घोषणा गरिएको हो ।

अध्यक्ष राजकर्णिकारले नेपाल भरको सञ्चार उद्योगलाई समेटी अगाडी बढ्न संस्था प्रतिवद्ध रहेको बताउनुभयो ।

विज्ञापन नीति अन्तर्गत्को क्लिनफिड मात्रै कार्यान्वयन भएमा पनि नेपालको विज्ञापन बजार अहिलेको तुलनामा दोब्बरले बढ्ने र यसबाट यस क्षेत्रमा विद्यमान धेरै समस्या हल हुने समेत दाबी गर्नुभयो ।

यसैगरी अलायन्सका सल्लाहकारमा क्याप्टेन रामेश्वर थापा र विनोद ज्ञवाली रहनुभएको छ ।

सल्लाहकार थापा, सञ्चार उद्यमी इमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आरके मानन्धर लगायतले मिडिया उद्योगको संरक्षणका लागि ल्याइएको विज्ञापन नीतिको प्रभावकारी कार्यान्वयनका लागि जोड दिनुभयो ।

संस्थाको उपाध्यक्षमा महेन्द्र शेरचन र राजु कँडेल रहनुभएको छ । अलायन्सको महासचिवमा इमेज टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाईं रहनुभएको छ ।

सदस्यहरुमा डा. विजय पौडेल, ऋषी धमला, राजेन्द्र शाक्य र समृद्धि ज्ञवाली हुनुहुन्छ ।