
काठमाडौं । साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ ।
कोभिड संक्रमणको कारण देखाउँदै साउदी अरबले हिजो सो यात्रा प्रतिबन्धको घोषणा गरेको हो । भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो ।
त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिइने गरी उडान पनि बन्द गरेको बताइएको छ ।
तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन ।
पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू गरिएको छ ।
साउदी अरबमा तीन लाख भन्दा बढी कोरोना संक्रमितहरु रहेका बताइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्