१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँका कोरोना संक्रमित युवाको चितवनमा मृत्यु


0
Shares

चितवन, असोज ८ । चितवन मेडिकल कलेजमा उपचारकाक्रममा कोरोना संक्रमणका कारण एक युवाको मृत्यु भएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर-३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालकाअनुसार उहाँको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आउनुभएका उहाँमा गत भदौ ३१ गते कोरोना देखिएको थियो ।

कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचारकक्षमा उहाँको उपचार भइरहेको थियो । उपचारकाक्रममा राति उहाँको मृत्यु भएको हो ।