१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


शशांक संक्रमणमुक्त


0
Shares

shashank koirala

काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनाभाइरसमुक्त हुनुभएको छ ।

उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो ।

उहाँको स्वाब परीक्षणकाक्रममा बिहीबार ‘नेगेटिभ’ देखिएको हो ।

गत शनिबार चाबहिलस्थित ओम अस्पतालबाट उपचारपछि ‘डिस्चार्ज’ हुनुभएका महामन्त्री डा. कोइराला चिकित्सकको सल्लाहअनुसार ‘होम आइसोलेसन’मा रहनुभएको थियो ।

उहाँले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै पार्टीको नियमित काममा फर्कने जानकारी दिनुभएको छ ।

कोभिड–१९ को संक्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बस्नुभएका उहाँ ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना हुनुभएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि उहाँ अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बस्नुभएको थियो ।