१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विहान उठ्ने वित्तिकै लसुन खाँदा फाइदै फाइदा


0
Shares

काठमाडौं । विहान उठ्ने वित्तिकै मनतातो पानी स्वास्थ्यका लागि लाभदायक छ । त्यस बाहेक तातो पानीका साथमा लसुनको प्रयोग पनि उत्तम मानिन्छ । विहान खाली पेटमा लसुन खाँदा हुने फाइदाका बारेमा यहाँ चर्चा गरिएको छ ।

-विहान खाली पेटमा एक पोटी लसुन खाँदा उच्च रक्तचापलाई नियन्त्रणमा लिन सकिन्छ ।

-लसुनले हाम्रो रगतको सर्कुलेसनलाई नियन्त्रणमा राख्न सहयोग गर्छ ।

-लसुन खानाले उच्च रक्तचापबाट छुटकारा पाउने मात्र होइन, पेटसँग जोडिएका समस्याहरु समाधानमा पनि ठूलो सहयोग पुग्छ ।

-पानी उमालेर त्यसमा लसुनको पोटी हालेर खाली पेटमा खाँदा झाडापखालाबाट पनि छुटकारा पाइन्छ ।

-लसुन खानाले हाम्रो रगत जम्ने समस्याबाट छुटकारा मिल्छ र हृदयघात हुने सम्भावना पनि कम हुन्छ ।

-खाली पेटमा लसुनको पोटी चबाएर खानाले हाम्रो पाचन प्रणालीमा निकै सुधार हुन्छ । यसले भोक नलाग्नेहरुलाई पनि भोक जगाउँछ ।

-लसुन खाली पेटमा खानाले चिसो, खोकी, निमोनिया, ब्रोकाइन्टिसलगायतका समस्याबाट मुक्ति मिल्छ ।